सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका क्लिक’ मा प्रस्तुत गरेको छ।
आजको शृंखलामा हामीले जेठ २२ देखि जेठ २८ गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बिहिबार रूपन्देहीको सियारी गाउँपालिका भवन परिसरमा कल्भर्ट निर्माणको लागि रड बान्दै स्थानीय महिलाहरू। तस्बिरः भगवती पाण्डे/सेतोपाटी

कालिगण्डकी जलविद्युत ए परियोजनाको लागि स्याङजाको कालिगण्डकीमा निर्माण गरिएको बाँध, सुख्खायामका कारण जलविद्युत परियोजनाको लागि बाँधिएको बाँधमा पानीको सतह घटेको छ। तस्बिरः भगवती पाण्डे/सेतोपाटी.jpg)
स्याङ्जाको कालिगण्डकी गाउँपालिका बिर्घाका महिलाहरू घाँसको भारी बोकेर घर फर्किदै । तस्बिरः भगवती पाण्डे/सेतोपाटी.jpg)
कोरोना संकमणका कारण विद्यालय बन्द भएपछि पसल अगाडि बसेर लेख्दै पाल्पाको राम्दीकी एक बालिका। तस्बिरः भगवती पाण्डे/सेतोापाटी
लकडाउनले सुनसान तुलसीपुरस्थित राप्ती शान्ति उद्यान भित्र रहेको बुद्धको मूर्ति र त्यहाँको सुनसान परिदृष्य। तस्बिरः नारायण खड्का/सेतोपाटी
दाङको तुलसीपुर १६ गणेशपुर गाउँमा बाटोको छेउमा बसेर मोबाइलमा गेम खल्दै बालकहरू। तस्बिरः नारायण खड्का/सेतोपाटी
दाङको तुलसीपुरको १६ सदनेवा गाउँमा बस्तु चराउँदै गरेकी एक बालिका। तस्बिरः नारायण खड्का/सेतोपाटी
दाङको तुलसीपुर १६ गणेशपुरमा पानी नपाएर चिरा परेको धानको ब्याड। तस्बिरः नारायण खड्का/सेतोपाटी
दाङको तुलसीपुरस्थित लहलौरा गाउँका स्थानीय खेतमा पानी डोहोर्याउने कुलोको सरसफाई गर्दै स्थानीय।तस्बिरः नारायण खड्का/सेतोपाटी
राहत बोकेर घरतर्फ जाँदै चेपाङ युवतीहरू। निषेधाज्ञाका कारण रोजगारी गुमेपछि चेपाङ समुदायलाई खाद्यान्न सहयोग गर्न सामाजिक संस्थाहरु गाउँ उक्लन थालेका छन्। तस्बिरः राजेश घिमिरे/सेतोपाटी

चितवनको पहाडी क्षेत्रमा यात्रु ओसार्दै अटो रिक्सा। कोरोना संक्रमणलाई नियन्त्रणमा लिन जिल्लाभर निषेधाज्ञा लगाइए पनि पहाडी क्षेत्रमा प्रभाव कम छ। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
झापामा लगाइएको चैते धानको कुन्यूँ लगाउँदै स्थानीय किसान। तस्बिरः बिनोद सापकोटा/सेतोपाटी
झापाको धरमपुर पाराबारीहुँदै पाँचगाछी जोड्ने सडक अन्तर्गत कमल खोलामा बनाइएको यो पुल वर्षा अगाडि नै भत्किन थालेको छ। तस्बिरः बिनोद सापकोटा/सेतोपाटी
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखको कार्यकक्षमा पुगेका विपक्षी सांसदहरू। तस्बिरः युवराज श्रेष्ठ/सेतोपाटी

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै विरोध प्रदर्शनमा निस्किएका वृहत नागरिक समाजका अभियन्तालाई शुक्रबार वालुवाटारबाट प्रहरीले नियन्त्रणमा लिँदै। तस्बिरः सेतोपाटी.jpg)
स्थानीय कृषि सहकारी संस्थाबाट रासायनिक मल लिएर घर फर्किदै रुपन्देहीको कोटहिमाई - ५ मझगावाका एक वृद्ध। तस्बिर: भगवती पाण्डे/ सेतोपाटी