काठमाडौं उपत्यकामा आइतबार ६५३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६५३ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका ४८३, ललितपुरका ११२ र भक्तपुरका ५८ जना छन्।
प्रवक्ता पौडेलका अनुसार नेपालभर ४४ वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित छन्।
कुल सक्रिय संक्रमितमध्य काठमाडौंमा १२.६ प्रतिशत, ललितपुरमा ५.३ प्रतिशत, रूपन्देहीमा ३.९, मोरङमा ३.८ प्रतिशत, भक्तपुरमा ३.७ प्रतिशत छ।
त्यस्तै, नेपालभर पछिल्लो २४ घण्टामा २ हजार ४०७ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ४०६ जनाको नमुना परीक्षण गरिएको थियो। ४६ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। योसहित हालसम्म कोरोनाबाट ८ हजार ४१२ जनाको मृत्यु भएको छ।
देशभर हाल ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २११ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।