राजश्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको आरोपमा एउटा व्यापारिक फर्मविरूद्ध मुद्दा दायर गरेको छ।
विभागले प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिसँग एक करोड दुई लाख ६० हजार रूपैयाँ बिगो, जरिवाना र कैद माग गर्दै सोमबार उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको हो।
थापाथलीको सो प्रालिका सञ्चालक विज्ञानजंग राणा र वेदान्तजंग राणाले भन्सार चुहावट गरी सो बराबरको राजश्व चुहावट गरेको दाबी विभागको छ।
उनीहरूसँग बिगोसहित राजश्व रकमको ब्याजसमेत असल्न माग दाबी लिइएको विभागले जनाएको छ।