दृष्टिविहीनद्वारा दृष्टिविहीनकै लागि दृष्टिविहीन मैत्री वातावरणमा घरमै बसेर खाना पकाउने तालिम सम्पन्न भएको छ।
५५ जनाको सहभागिता रहेको जुम तालिममा अधिकांश सहभागी दृष्टिविहीन नै थिए।
मानवताका लागि सहकार्य समाजले आयोजना गरेको तालिम नेपालकै पहिलो भएको समाजकी अध्यक्ष नविना ज्ञवालीले बताइन्।
प्रशिक्षक तथा तालिम संयोजक नविना ज्ञवाली स्वयम दृष्टिविहीन हुन्।
ग्यास कसरी चलाउने, बाल्ने, पकाउने सामग्री कसरी राख्ने र थाहा पाउनेलगायत पकाउने तरिकाले दृष्टिविहीन मैत्री वातावरण भान्छा भएकोमा सहभागी खुसी भएको ज्ञवालीको भनाइ छ।
तालिको पहिलो दिन दृष्टिविहीन मैत्री वातावरण भान्छा कसरी बनाउने,पकाउने सामग्री कसरी कहाँ राख्ने र कसरी मापन गर्ने, तरकारीहरू कसरी काट्ने, अप्ठ्यारो नमानी खानेकुराहरू कसरी खाने भनेर सिकाइएको थियो।
त्यस्तै, दोस्रो दिन बिहानको खाजादेखि रातिको खाना कसरी पकाउने भन्ने विषयमा थियो। तालिमको समापन शनिबार हुँदैछ।