काठमाडौं महानगरपालिकाले राहत तथा उद्दारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्वोधन गर्ने क्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेका हुन्।
मेलम्ची नदीमा आएको बाढीले गरेको धन–जनको क्षतिपछि राहत तथा उद्दारका लागि सो रकम सहयोग गरिएको प्रमुख शाक्यले जानकारी दिए।
मेलम्ची नगरपालिका काठमाडौं महानगरसँग भगिनी सम्वन्ध स्थापित नगर हो।
नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि महानगरले यसअघि १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता गरेको छ।