काठमाडौंको ठमेलस्थित नाइट क्लब एलओडीले कोरोना भाइरस महामारीपछि जारी निषेधाज्ञामा भोकै रहेकाहरूलाई नि:शुल्क खाना खुवाएको छ।
भोकै रहेकाहरूलाई असार १ गतेदेखि हरेक दिन अपरान्ह ५ बजेदेखि ठमेलस्थित एलओडी क्लब परिसरमा खाना वितरण गरिएको हो।
एलओडीले एक साता नि:शुल्क रूपमा खाना खुवाउने अभियान चलाएको हो। दैनिक करिब दुई सय जनाले नि:शुल्क रूपमा खाना खाइरहेका छन्।
सञ्चालकमध्ये एक प्रेमकुमार खत्रीकाअनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत भोकै रहेकाहरूलाई नि:शुल्क खाना खुवाइएको छ।