काठमाडौं उपत्यकामा थप ५ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका ४१३ जना, ललितपुरका १२१ जना र भक्तपुरका ३६ जना छन्।
अहिले काठमाडौंका मात्रै ७ हजार १३५, ललितपुरका ३ हजार ७१ र भक्तपुरका २ हजार ३०८ जना छन्।
आज देशभर २ हजार ६०७ जनामा कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ११ जनामा पिसिआर परीक्षण गरिएकोमा १७६८ पोजेटिभ देखिएको थियो भने ४७७३ को एन्टिजेन परीक्षण गरिएकोमा ८३९ मा पोजेटिभ देखिएको थियो।
देशभर पछिल्लो २४ घण्टामा २ हजार १४१ जना कोरोनाबाट निको भएका छन्।
त्यस्तै ३९ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट ८ हजार ५९७ जनाको मृत्यु भएको छ।