प्रहरीले मोरङ पथरी-शनिश्चरे नगरपालिकाबाट दुई जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पथरी-शनिश्चरे नगरपालिका-१ सिनेमा हलछेउ बस्ने ३५ वर्षीय नारायण पनेरू र ३२ वर्षीय कृष्ण दर्नाल छन्।
परियारको घरबाट १३ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर बरामद भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताए।
उनीहरूको साथबाट लागुऔषध तौल गर्ने मेसिन पनि बरामद भएको छ। पक्राउ परेका दुबैलाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर अनुसन्धान थालिएको राईले बताए।