मुक्का प्रहारबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा नगरपालिका -९ ह्वामाका १८ वर्षीय अविलाश घर्तीमगर छन्।
यही असार १ गते २४ वर्षीय धनिमान पुनमगर र अबिलाशका बीचमा बच्चाका अन्नप्रासनमा मादक पदार्थ सेवन गर्दा विवाद भएको थियो।
सो क्रममा धनिमानले अविलाशलाई पेटको संवेदनशील भागमा मुक्का प्रहार गरेका बताइएको छ।
गम्भीर घाइते अविलाशको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। उनले मुक्का प्रहार गर्ने धनिमानलाई पक्राउ गरिएको जानकारी दिए। रासस