काठमाडौं उपत्यकामा थप ९ सय ९९ कोरोना भाइरसका संक्रमित थपिएका छन्।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।
जसमध्ये काठमाडौंमा मात्रै ६ सय ७७, ललितपुरमा १ सय ९७ र भक्तपुरमा १२५ जना संक्रमित थपिएका हुन्।
त्यस्तै मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सक्रिय संक्रमित ८ हजार ९ पुगेको छ। त्यसमध्ये काठमाडौंमा ५ हजार ९१०, ललितपुरमा १ हजार १६३ र भक्तपुरमा ९ सय ३६ संक्रमित सक्रिय छन्।
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४२१ जना संक्रमित थपिएका छन्। १७ हजार २७२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
यसको संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ भने अहिलेसम्म मृत्यु हुनेको संख्या ९ हजार ७३८ जना पुगेका छन्।
सोमबार कोरोना संक्रमणबाट १ हजार ६८६ जना निको भएका छन्।