खोटाङ प्रहरीले ३ वटा एकनाले भरूवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीले घरमा भरुवा बन्दुक लुकाइराखेको भन्ने सूचनाको आधारमा छापा हान्दा तीन नाल भरुवा बन्दुकसहित उनीहरूलाई पक्राउ गरेको खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए।
दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका-१० पाथेका बानियाँ गाउँको सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा सदस्य ५९ वर्षीय पर्शुराम बानियाँ, ६९ वर्षीय मदनबहादुर बानियाँ र ३३ वर्षीय मिलन बानियाँलाई पक्राउ गरेको हो।
प्रहरीले खानतलासी गर्दा उनीहरूको घरबाट भरूवा बन्दुक तथा छर्रा बरामद गरेको हो।
पक्राउ गरिएका तीन जनाविरूद्ध हातहतियार खरखजनासम्बन्धी मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।