दुबईबाट काठमाडौं आएका एक व्यक्तिलाई प्रहरीले सुनजस्तै देखिने एक किलो पहेंलाे धातुसहित पक्राउ गरेको छ।
मंगलबार हिमालय एयरको विमानबाट काठमाडौं आएका गोरखाका पदम परियारलाई प्रहरीले पक्राउ गरेको त्रिभुवन विमानस्थल प्रहरी कार्यालयले जनाएको छ।
परियारको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो। विमानस्थलको आगमनतर्फको भन्सार जाँचको क्षेत्रमा एक्सरे गर्दा उनले ल्याएको 'कफी मेकर' प्रहरीले जाँच गरेको थियो।
सो कफी मेकर खोलेर हेर्दा भित्र सुनजस्तै देखिने एक किलो र १६५ ग्राम पहेंलाे धातु फेला परेको हो।
प्रहरीले उनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालयमा बुझाएको छ।
(शिर्षक सच्याइएको)