स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ डेल्टा भेरिएन्ट फेला परेको जनाएको छ।
मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी नयाँ भेरिएन्ट फेला परेको जनाएको हो।
साथै मन्त्रालयले तीन भेटिएन्टको चुनौती थपिएको पनि जनाएको हो। मन्त्रालयका प्रवक्ता डा. समिर कुमार अधिकारीले विज्ञप्ति जारी गरी सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा संवेदशील हुनुपर्ने जनाएका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ४७ वटा नमूना संकलन गरी गत असार ३० गते विश्व स्वास्थ्य संगठनको दिल्लीस्थित प्रयोगशालामा पठाएको थियो। प्रयोगशालामा परीक्षण गर्दा तीनमा डेल्टा भेरिएन्ट पुष्टि भएको अधिकारीले बताएका छन्।
साथै कोरोनाका अन्य तीन वटा अल्फा भेरिएन्ट, डेल्टा भेरिएन्ट र कप्पा भेरिएन्टका उत्परिवर्तन फेला परेको उनले जनाएका छन्। मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न र आगामी दिनमा चुनौती आइपरेको तेस्रो लहरको भेरिएन्टको तयारीमा जुट्न अनुरोध गरेको छ।