जीवित कछुवासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले तीन जनालाई दक्षिणकाली नगरपालिका वडा नम्बर ६ फर्पिङबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
उनीहरूलाई प्रहरीले मंगलबार फर्पिङबाट पक्राउ गरेको हो।
मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ का २६ वर्षीय विशाल सुनार, ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय भुवन राईलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले अवैधरूपमा संरक्षित वन्यजन्तु अवैध रूपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचना पाएको थियो।
सोही सूचनाको आधारमा खटिएको टोलीले उनीहरूबाट सरिसृप पहेंलो रंगको जीवित कछुवा बरामद गरेको हो।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाएको छ।