पर्सा प्रहरीले प्रतिबन्धित भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका-४ का २५ वर्षीय अजयकुमार शर्मा रहेको प्रहरीले जनाएको छ।
शर्मालाई बुधबार अपरान्ह ५ बजे पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।
खनालका अनुसार भारतबाट वीरगञ्ज आउँदै गरेको ना१५प २३७२ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा शर्मा पक्राउ परेका हुन्।
उनको साथबाट १ लाख ४८ हजार ५०० रुपैयाँ प्रतिबन्धित भारतीय नोट बरामद भएको खनालले बताए।
‘नेपालमा ५०० रुपैयाँको भारतीय नोट प्रतिबन्ध छ, शर्माको साथबाट प्रतिबन्धित नोट बरामद भएको हो,’ खनालले भने, ‘शर्मालाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ।’