काठमाडौं उपत्यकामा थप ४३० कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २९३, ललितपुरका ९८ र भक्तपुरमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै काठमाडौं उपत्यकामा ६४७० संक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३५९०, भक्तपुरमा १०५८ र ललितपुरमा १८२२ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१५ हजार १७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पिसिआर विधिबाट ११ हजार २ सय ८ जना र एन्टिजेनबाट ३९७१ जनाको परीक्षण भएको छ।
त्यस्तै, एक हजार ६८९ संक्रमित निको भएका छन्।
संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार २ जनाको मृत्यु भएको छ।
हाल नेपालमा सक्रिय संक्रमित २५ हजार ७७२ छन्।