सिन्धुपाल्चोकमा खोलामा डुबेर ५५ वर्षीया महिलाको मृत्यु भएको छ।
इन्द्रावती गाउँपालिका वडा नम्बर ५ माझी बगरस्थित इन्द्रावती खोलामा ५५ वर्षीया जुना सार्की मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए।
उनी गत सोमबार पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ स्थित छोरी पार्वती र नातिनीलाई घरमा पुर्याउन गएकी थिइन्। त्यहाँबाट उनी आफ्नो घर जान्छु भन्दै निस्किएकी थिइन्। तर बिहीबार सम्म पनि फर्किएनन्।
नफर्किएपछि प्रहरीलाई खबर भएको थियो। प्रहरीले खोज्ने क्रममा शुक्रबार उनको शव इन्द्रावती खोलामा फेला परेको थियो।
प्रहरीले प्रारम्भिक अनुसन्धान गरी शव परिवारलाई बुझाएको छ।