गएराति १२ बजेको समयमा धनुषा विदेह नगरपालिका वडा नं. ६ स्थित एकराही टोलमा 'आरकेस्ट्रा' नाच नचाउने ५ जना पक्राउ परेका छन्।
कुनै पनि निकायबाट अनुमति समेत नलिई साउण्ड बक्स जडान गरी अश्लिल भोजपुरी गितमा ठूलो आवाजमा बजाएको गुनासो आएपछि प्रहरी चौकी गिद्धा धनुषाबाट टोली खटिएको थियो।
नाच बन्द गर्नको लागि पटक पटक सम्झाउँदा पनि अटेरी गरेपछि पक्राउ गरी कार्वाहीको लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धनुषा विदेह नगरपालिका वडा नं. ७ वस्ने वर्ष २३ का श्याम पासवान, भारत उत्तर प्रदेश महराजगंज इटहर्वा वस्ने वर्ष २१ का अनुशव मिश्र, २० वर्षकी काजल सहनी, भारत विहार राज्य बेतिया जिल्ला अमोलिया सिङगरी वस्ने वर्ष २५ वर्षका सुनिल पासवान र २१ वर्षीय रिना देवी पासवान छन्। फरार दुईलाई प्रहरीले खोजी गरेको छ।
धनुषा शहिदनगर नगरपालिका वडा नं. ७ धवौली घर भई हाल विदेह नगरपालिका वडा नं. ६ वस्ने २५ वर्षीय सानु मण्डल (आयोजक) र वडा नं. ७ वस्ने वर्ष ३५ का राम मनोहर अधिकारी (संचालक) को खोजी भइरहेको प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।