दमकमा एउटा जुवा अखडाबाट १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार मध्यराति प्रहरीले दमक-१ का हिमाल देवानको घरबाट १७ जनालाई नगद र कौडासहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-७ का युवराज न्यौपाने, दिलबहादुर राई, तीर्थ अधिकारी, ठाकुरप्रसाद निरौला, हरि कोइराला, सुविन्द्र सुब्बालगायत छन्।
घरको कम्पाउण्डपछाडि जस्ताको छाना भएको एक तले भान्छाकोठामा जुवा खेलिरहेका उनीहरूलाई १६ थान कौडा र चार लाख २७ हजार ६ सय रूपैयाँसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
उनीहरूलाई हिरासतमा राखेर जुवा ऐन अन्तर्गत अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।