धनुषाको ढल्केवर जटही सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिका बीचमा पर्ने औरही नदीमा निर्धारित समयभन्दा सात महिना अगाडि नै तीन वटा पुल निर्माणको काम सम्पन्न भएको छ।
रसुवा निर्माण कम्पनीले सात महिना अगाडि नै तीन वटै पुल निर्माण गरी सरकारलाई हस्तान्तरण समेत गरिसकेको छ।
ठेक्का सम्झौता अवधिमा काम सम्पन्न नगर्ने परिपाटी बढिरहेका बेला धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा रसुवा कन्स्ट्रक्सनले सात महिना अगाडि नै तीन वटा पुल निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेको छ।
ढल्केवर जनकपुर जटही सडक खण्डमा रसुवा निर्माण कम्पनीले सम्झौता अवधि सकिन सात महिना बाँकी रहँदै तीन वटा पुल निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको हो।
ढल्केवर जनकपुर जटही सडकलाई ६ लेनको सडकमा स्तरोन्नति गरेपछि धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा सरकारले ६ लेनको सडकलाई मिल्नेगरी तीन वटा पुल निर्माण गरेको हो।
सडक विस्तार भएदेखि सवारी साधनको चाप बढेको र भएको पुरानो पुलबाट आउजाउ गर्न समस्या भइरहेका बेला एकैचोटि तीन-तीन वटा पुल बनेपछि सवारी साधनलाई आउजाउ गर्न सहज भएको छ।
सरकारसँग भएको सम्झौता अनुसार २०७८ चैत मसान्तमा तीन वटै पुल हस्तान्तरण गर्नुपर्ने भए पनि काम सम्पन्न हुनुपर्ने मितिभन्दा सात महिना अगाडि नै ७७ करोड २७ लाख रूपैयाँको लागतमा पुल निर्माणको काम सम्पन्न भएको हो।
नेपाल सरकार र रसुवा कन्स्ट्रक्सनबीच २०७६ असोज ३० गते सम्झौता भई मंसिरदेखि काम सुरू भएका तीन वटै पुल सवारी साधनका लागि खुला गरिएको छ। औरही खोलामा निर्माण सम्पन्न तीन वटा पुलमध्ये दुइटा पुल ६ लेन सडकका लागि हुन् भने एउटा पुललाई सर्विस लेनको रूपमा राखिएको छ।
पुलको लम्बाई १ सय ४३ दशमलव ५ मिटर र चौडाइ ११ दशमलव ६ मिटर छ।
सो पुलबाट एकतिरबाट एकपटकमा तीन वटा सवारी साधन चलाउन सकिने र छुट्टाछुट्टै लेनका लागि फरक-फरक पुल नेपालमा पहिलो पटक यही निर्माण भएको रसुवा निर्माण कम्पनीका इन्जिनियर धिरेन्द्र साहनीको दाबी छ।
यसअघि पनि दर्जनौं स्थानमा रसुवा कन्स्ट्रक्सनले ठेक्का सम्झौता अवधि भन्दा अगावै निर्माण सम्पन्न गरी सरकारलाई आयोजना हस्तारण गरिसकेको छ।
औरही खोलामा ठेकेदारले सात महिना अगाडि तीन वटा पुल निर्माण गरेर हस्तान्तरण गरे पनि ढल्केवर जटहीमा ६ लेनकै सडकको सपही र नक्टाझिजस्थित खहरे खोलामा एकैदिन सम्झौता भएको अर्को निर्माण कम्पनीले जग निर्माण गरेर पुलको बाँकी काम अधुरै छाडेको अवस्थामा रहेको छ ।
कतिपय ठाउँमा निर्माण कम्पनीको ढिलासुस्तीका कारणले विकास निर्माणका काम वर्षौंसम्म अलपत्र हुने गरेको भए पनि रसुवा निर्माण कम्पनीले समयसीमा अगावै निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेर उदाहरणीय काम गरेको छ।