काठमाडौं उपत्यकामा थप ३११ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १९८ , ललितपुरका ७३ र भक्तपुरमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै काठमाडौं उपत्यकामा ४६९५ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २६०२, ललितपुरमा १२३४ र भक्तपुरमा ८५९ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा नेपालमा ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पिसिआर विधिबाट ७ हजार ५० जना र एन्टिजेनबाट ३५२९ जनाको परीक्षण भएको छ।
त्यस्तै, एक हजार ३७१ संक्रमित निको भएका छन्।
संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ८७ जनाको मृत्यु भएको छ।