संखुवासभा खाँदबारी नगरपालिका-२ चेवास्कुल छेउ भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सहचालक घाइते रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा चालक खाँदबारी नगरपालिका-५ लेलुवाका २५ वर्षीय मणि तामाङ छन्।
सहचालक सोही स्थानका १९ बर्षीय महेन्द्र तामाङको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइहेको छ।
बिहीआर राति सवा ८ बजे चेवाबाट चारबरतर्फ जाँदै गरेको प्र१०२००३त १२२४ नम्बरको खाली ट्याक्टर आफैं अनियन्त्रित भएर सडकदेखि करिब १५ मिटर तल खसेको थियो।
प्रहरी चौकी मानेभन्ज्याङबाट खटिएको टोलीले दुबै जनालाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारीमा पठाएको थियो।
चालकको जिल्ला अस्पतालमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते सहचालकलाई राति नै धरान पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।