गत फागुन २९ गतेदेखि घरदेखि हराएका कपिलवस्तुका १४ वर्षीय बालकलाई प्रहरीले फेला पारी परिवारको जिम्मा लगाएको छ।
कपिलवस्तु नगरपालिका वडा नं.३ का रामविक्रम तेलीका १४ वर्षीय छोराको काशीराम तेली गत फागुन २९ गतेदेखि हराएकोमा भारतको मुम्बईबाट उद्दार गरी परिवारको जिम्मा लगाएको हो।
बुवा रामविक्रमले छोरा हराएको भन्दै हुलिया सहितको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा निवेदन दिएपछि प्रहरीले बालकको खोजी सुरू गरेको थियो।
खोजी गर्दै जाँदा ती बालक भारतको मुम्बई डोगरीस्थित बालगृहमा रहेको पत्ता लागेपछि सुंयक्त नेपाली महासंघ मुम्बई संस्थाको सहयोगमा उनलाई नेपाल ल्याइएको हो।
उक्त संस्थाका महासचिव पुरन कुँवरले बालकलाई मुम्बईदेखि ल्याई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाएका थिए।
प्रहरीले बालकलाई कपिलवस्तु न.पा.वडा नं.३ का वडा अध्यक्ष प्रकाश गैरे र साथी संस्थाका संयोजक विमला घिमिरेको रोहवरमा बुवा विक्रम तेली र आमा जोखनी तेलीलाई जिम्मा लगाई पठाइएको जनाएको छ।
साथै बालकलाई मुम्बईबाट ल्याउने सुंयक्त नेपाली महासंघ मुम्बई संस्थाका महासचिव पुरन कुँवरलाई कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले प्रशंसा पत्र प्रदान गरेका थिए।