सल्यानमा गएराति एकैसाथ पाँच वटा पसलमा चोरी भएको छ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. १ दमाचौरका पाँच पसलमा शुक्रबार राति एकै साथ चोरी भएको हो।
चोरले पाँच पसलबाट नगद साढे दुई लाख र अन्य सरसमान लगेको देखिन आएको सल्यान प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिए।
‘यो प्रारम्भिक अनुमान हो,’ डिएसपी थापाले भने, ‘बिहानै घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी खटाएको छु।’
घटनास्थल पुगेर सबै कुरा बुझेपछि विस्तृत रूपमा भन्न मिल्ने थापाले बताए। चोरीमा संलग्नहरूको खोजी कार्य सुरू भइसकेको प्रहरीले बताएको छ।