बझाङको थलारा गाउँपालिकाकी एक सुत्केरीको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ।
थलारा गााउँपालिका वडा नम्बर ९ की २१ वर्षीया सम्झना भण्डारीको हेलिकोप्टरमार्फत् उद्धार गरी जिल्ला अस्पताल बझाङ लगिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
थलाराको डिख्लामा पहिरोमा परेकाहरूको खोजी गर्न गएको नेपाली सेनाको हेलिकप्टरले उनको उद्धार गरेको हो।
महिलालाई सुत्केरी व्यथाले च्यापेपछि उनी मंगलबार बिहान मालुमेला स्वास्थ्य चौकी भर्ना भएकी थिइन्।
अवस्था जटिल भएपछि उनलाई जिल्ला अस्पताल बझाङ लगिएको प्रशासनले जनाएको छ।