नेपालमा थप सात सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सात सय ८ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ७६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
सात हजार २ सय ५३ जनाको पिसिआर परीक्षण र २१२३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल १० हजार ९४६ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ।
९३२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.२ प्रतिशत छ।
त्यस्तै काठमाडौं उपत्यकामा २२२ थपिएका छन्। जसमध्ये काठमाडौंमा १७१, ललितपुरमा ३३ र भक्तपुरमा १८ संक्रमित छन्।