काठमाडौं उपत्यकामा थप २ सय २२ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।
शुक्रबार उपत्यकामा २ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
काठमाडौंमा १७१, भक्तपुरमा ३३ र ललितपुरमा १८ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा दुई हजार ४४६ सक्रिय संक्रमित छन्। काठमाडौंमा एक हजार २७१, ललितपुरमा ६४१ र भक्तपुरमा ५६१ जना सक्रिय संक्रमित छन्।
यस्तै, नेपालमा थप सात सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ७६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
सात हजार २ सय ५३ जनाको पिसिआर परीक्षण र २१२३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल १० हजार ९४६ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ।
९३२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.२ प्रतिशत छ।