सुदूरपश्चिममा अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट ३५ जनाको मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार डोटीमा १६, डडेल्धुरामा ३, बैतडीमा ४, बझाङमा १०, कैलाली र अछाममा १/१ जनाको मृत्यु भएको हो।
यस्तै, अन्य २२ जना बेपत्ता भएका छन्।
बझाङका १९ र कैलाली र बैतडी र डोटीका १/१ जना अझै बेपत्ता रहेको प्रहरीको तथ्यांक छ।
बेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बाढी र पहिरोकै कारण १७ जना घाइते छन्।
डोटीका ११, डडेल्धुराका २, बैतडीका २, बझाङ र बाजुराका १/१ जना घाइते भएका हुन्।