परराष्ट्र मन्त्रालय कर्मचारीहरूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
आइतबार दिउँसो सर्लाहीका सञ्जयकुमार ठाकुरलाई प्रहरीले परराष्ट्र मन्त्रालयबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।
मन्त्रालयका कर्मचारीहरूसँग अभद्र व्यवहार र दुर्व्यवहार गरेको भन्ने खबर आएपछि प्रहरीले उनलाई पक्राउ गरिएको बस्नेतले बताए। उनका अनुसार ठाकुर सर्लाहीबाटै आएका थिए।
'उनी सर्लाहीबाट आएका थिए। उनले आफू पूर्व कर्मचारी भनेका छन्। तर भेरिफाइ भइसकेको छैन,' उनले भने, 'पिएहरूसँग दुर्व्यवहार गरेको भन्ने आएपछि समातेका हौं।'
अहिले उनलाई प्रहरीले टेकुस्थित परिसरमा राखिएको छ।