उदयपुरमा ५३ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
कटारी नगरपालिका वडा नम्बर ६ स्थित भोर्ले जंगलबाट सोमबार बिहान साढे ३ बजे पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।
पक्राउ पर्नेमा कटारी नगरपालिका वडा नम्बर ९ सोरूमछबिसेका २० वर्षीय प्रेम परियार छन्।
बिहान कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई जंगलमा बोरामा गाँजा बोकी हिँडिरहेको अवस्थामा फेला परेको थियो।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।