सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ।
उनको आज बिहान करिब तीन बजे मृत्यु भएको हो।
उनकी भतिजी अमृता लम्सालका अनुसार ८४ वर्षीय लम्सालको पछिल्लो तीन दिनदेखि चावहिलस्थित मेडिकियर अस्पतालको आइसियुमा उपचाररत थिए।
पछिल्लो समय लम्साललाई मुटुसम्बन्धी रोग, युरिन इन्फेक्सनलगायतका रोगले च्याप्दै लगेको थियो।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश लम्साल राजनीतिक दलका नेताहरूको सम्पत्ति छानबिन गर्न २०५८ मा बनेको एक आयोगका अध्यक्ष भएका थिए। उनको चर्चा पनि त्यही आयोगका कारण आजसम्म हुने गरको छ।
उनको श्रीमती रमा लम्साल, दुई छोरी र एक छोरा छन्।