उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
रौतामाई गाउँपालिका वडा नम्बर ८ खमारे बस्ने ४१ वर्षीय डम्बरबहादुर मगरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।
आइतबार उनको घर नजिकै बाँस काट्ने क्रममा अचानक विद्युतको लाइनमा छोई करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीले घटनास्थलको अनुसन्धान गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुर पठाएको छ।