काठमाडौं उपत्यकामा १३० कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७८, ललितपुरमा ३६ र भक्तपुरमा १६ संक्रमित छन्।
यस्तै काठमाडौं उपत्यकामा १७२० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६८६, ललितपुर ५५२ र भक्तपुरमा ४८२ सक्रिय संक्रमित छन्।
नेपालमा थप ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ८ हजार ९०९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
७ हजार १०४ जनाको पिसिआर परीक्षण र १८०५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो
नेपालमा हाल ७ हजार ३४९ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ।
२०८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।