झापाको कन्काई नगरपालिका वडा नम्बर ८ स्थित पूर्व-पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनाबाट २२ जना घाइते समेत भएका छन्।
आइतबार दिउँसो साढे १२ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटना हुँदा बसमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारको लागी अस्पताल पठाएको थियो। उपचारको क्रममा कन्काई नगरपालिका वडा नम्बर ७ का १६ वर्षिय उत्सव पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य घाइते भएका मध्ये ११ जनाको बिएण्डसी अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।