नेकपा एमाले महाधिवेशनमा चापाचाप भएको चितवनको सौराहा अहिले सुनसान बनेको छ।
मंगलबारमात्र एमाले महाधिवेशन सकिएको छ। महाधिवेशन समयमा ट्राफिक जाम समेत भएको सौराहा सडक अहिले खाली छन्।
रिसोर्ट एरिया होस् या घुम्ने ठाउँमा मानिसहरूको उपस्थित कम छ। एमाले महाधिवेशन सकिएसँगै सौराहा सुनसान बनेको हो। यद्यपि महाधिवेशन समयमा सौराहाले उल्लेख्य रूपमा कमाइ गरेको अनुमान गरिएको छ।
हेर्नुस् तस्बिरमा राप्ती किनारमा अस्ताउँदै गरेको सूर्य र सुनसान सौराहा: (सन्जिब बगाले/राजेश घिमिरे)