कैलालीमा एक महिला कोठामा झुण्डिएको अवस्था मृत फेला परेपछि श्रीमान र ससुरा पक्राउ परेका छन्।
शुक्रबार बिहान घोडाघोडी नगरपालिका-९ रामशिखरझालाकी २२ वर्षीय झरना विक सुत्ने कोठामा घाँटीमा पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन्।
घटनापछि मृतक महिलाका माइती पक्षले श्रीमान र ससुराविरूद्ध आत्महत्या दुरूत्साहनको मुद्दा प्रहरीमा दर्ता गराएका थिए।
त्यसपश्चात् श्रीमान राजेश विक र ससुरा जगतबहादुर विकलाई पक्राउ गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेतप्रकाश जोशीले जानकारी दिए।