कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो गाेदावरी नगरपालिका-१ स्थित अत्तरिया- धनगढी छ लेन सडकमा दुर्घटना हुँदा साेही ठाउँका १८ वर्षीय गणेश बलायरकाे मृत्यु भएको प्रहरीले जनाएको छ।
से-५ प-७१९ र सुपप्र-०१० प-५८१५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएकाे थियो।
उक्त दुर्घटनामा घाइते धनगढीका १९ वर्षीय अमङ्गजङ्ग ठकुरीकाे माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।