कर्मचारीलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा रोक्ने भएको छ।
नागरिकता, नागरिकता प्रतिलिपी, संघ/संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचय पत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए।
माघ ६ गतेदेखि कार्यालयले सेवा रोक्ने भएको हो।
शान्ति सुरक्षा तथा मुद्दासम्बन्धी अत्यावश्यक सेवा नियमित रहने पनि कार्यालयले जनाएको छ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ।