पर्सा प्रहरीले बिल बिजकभन्दा बढी खुद्रा मालवस्तु बोकेको ट्रक नियन्त्रणमा लिएको छ। बुधबार राति प्रहरीले ना३ख ५६७१ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।
वीरगञ्ज महानगरपालिका-१६ इदगाह चोकबाट ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ।
भन्सार छली गरेर ल्याइएका सामानसहित जगरनाथपुर गाउँपालिका-१ का चालक लालबाबु महरालाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।
बरामद ट्रक र सामानको तीस लाख रुपैयाँ मूल्यांकन गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको उनले बताए।