महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत् ५३ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ।
विभिन्न चरणमा गरिएको परीक्षणमा हालसम्म ५३ जनालाई संक्रमण पुष्टि भएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।
संक्रमितमध्ये १२ जना नेपाल प्रहरी अस्पतालमा उपचाररत् छन्। होम आइसोलेसनमा ३४ जना, कार्यालयको आइसोलेसनमा ६ जना र कीर्तिपुर आइसोलेसनमा १ जना रहेको मैनालीले बताए।
यस्तै, २० जना थुनुवालाई पनि कोरोना संक्रमण भएको छ। त्यसमध्ये पाँच जना उपचारपछि फर्किएका छन् भने १५ जनाको उपचार भइरहेको छ।
कोरोना संक्रमणबारे जनचेतनाका लागि प्रहरीले ३६ ठाउँमा हेल्प डेस्क र ५५ ठाउँमा माइकिङ गरिरहेको मैनालीले बताए।