नेपाल प्रहरी र थानकोट जेसिजले नि:शुल्क मास्क वितरण र जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हाल नेपालमा तीव्र रूपमा बढ्दै गरेको ओमिक्रोन कोरोना संक्रमण दरलाई न्यूनीकरण गर्नको लागि महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा 'सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम'शुभारम्भ गरिएको हो।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक मनोज कुमार श्रेष्ठ र नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष योगीराज अधिकारीले एक हप्ते कार्यक्रमको शुभारम्भ गरेका हुन्।
चन्द्रागिरि नगरपालिका वडा नं. ६ र ७ स्थित चेकपोष्ट चोकमा वृत्त थानकोट, चन्द्रागिरी नगरपालिका वडा न. ६ का वडा अध्यक्ष सञ्जय सिग्देल र ७ का वडा अध्यक्ष शम्भुकुमार केसीले कोरोना महामारी रोकथाम र जनचेतनामूलक कार्यक्रम पहिलो दायित्व स्थानीय सरकारको रहेको बताए।
थानकोट जेसिजका वर्ष २०२२ का अध्यक्ष रोशन दानी, थानकोट जेसिजका संस्थापक अध्यक्ष नन्ददास अमात्य पूर्वअध्यक्षहरू सलिम श्रेष्ठ, पेशल खतिवडा, लगायतको टिमले राजधानी बाहिरिने तथा भित्रिने सवारी साधनका चालक स्टाफ तथा यात्रु, हिँड्डुल गर्ने मानिस समेतलाई गरी करिब एक हजार मास्क वितरण गरेको थियो।
आजदेखि सुरू भएको अभियान सामाजिक दूरी कायम गरी थानकोट, नागढुंगा, गुर्जुधारा, नैकाप, दहचोक तीनथान लगायतका स्थानहरूमा एक सातासम्म चल्ने थानकोट वृत्तले जनाएको छ।