नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको पारिवारिक थियो।
सीताकी छोरी गंगाले आमालाई तीन दिनदेखि अस्पतालमा राखेर उपचार गरिएको बताएकी छन्।
‘चिकित्सकका अनुसार ममीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ,’ गंगाले भनेकी छन्, ‘केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्नेछ।’
अस्पतालले उनलाई आईसीयूमा राखेर उपचार गरिरहेको छ।
दाहाललाई निमोनिया पनि देखिएको छ।
सीता पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी) बाट लामो समयदेखि पीडित छिन्।