ललितपुर महानगरपालिकाले अत्यावश्यकबाहेक अन्य सबै सेवा ५ दिनका लागि स्थगित गरेको छ।
महानगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिसमेत कोभिङ १९ को नयाँ भेरिएन्ट (ओमिक्रोन)बाट संक्रमित भएकाले अत्यावश्यकबाहेक सबै सेवा भोलि सोमबारदेखि ५ दिनसम्मका लागि स्थगित भएको हो।
‘अधिकांश कर्मचारी संक्रमित भई नियमित सेवा प्रवाहमा समस्या उत्पन्न भएको र आलोपालो प्रणालीबाट सेवा व्यवस्थापन गर्न सक्ने स्थिति समेत नरहेकाले माघ १४ सम्म अत्यावश्यकबाहेक सेवा बन्द हुनेछ’, महानगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
‘महानगरबाट प्रवाह गरिने अत्यावश्यक सेवा (स्वास्थ्य सेवा, दमकल, शव वाहन, एम्बुलेन्स, सरसफाई, नगरप्रहरीबाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिनेछ’, विज्ञप्तिमा भनिएको छ।