दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका-१२ का अरुण देवकोटाकाे दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।
सोही मोटरसाइकलमा सवार चितवन भरतपुर महानगरपालिका-७ बस्ने ३५ वर्षीय रामप्रसाद सापकोटा घाइते छन्।
आइतबार बेलुका लमही देखि गढवा तर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका-४ बलामपुरमा दुर्घटना भएको हो।
दुर्घटनामा देवकोटा गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि लमही अस्पताल लगिएको थियो। त्यहीँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
त्यस्तै घाइते सापकोटाको प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ।