प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सिटिईभिटी) का सबै परीक्षाहरू स्थगित भएका छन्।
सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले मंगलबार सूचना जारी गर्दै कोरोना संक्रमणको कारण देखाउँदै सिटिइभिटी अन्तर्गतका सम्पूर्ण परीक्षा स्थगित गरेको हो।
सिटिइभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी र कर्मचारीमा कोरोना संक्रमण हुनसक्ने भन्दै सम्पूर्ण परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए।
अधिकारीका अनुसार सिटिइभिटीको मंगलबार बसेको बैठकले परीक्षा सञ्चालनको पूर्व तयारी अवस्थामा रहेका सम्पूर्ण परीक्षाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।
सिटिइभिटीले माघ १५ र २२ गते गर्न लागेको आन्तरिक, मौकालगायतका अरू सबै परीक्षाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको अधिकारीले जानकारी दिए ।
‘आजको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेका छौं’, उनले भने।