बारामा जीप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
कलैया उपमहानगरपालिका-५ का ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापाले जानकारी दिए।
दुर्घटना बुधबार राति कलैया उपमहानगरपालिका-२५ कलैया-वीरगन्ज सडकखण्डमा भएको हो।
कलैयाबाट वीरगन्ज जाँदै गरेको बी आर ०५ ए आर ५१५१ भारतीय नम्बरको जीपले विपरीत दिशाबाट आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
घाइते दुबैलाई उपचारको लागि नारायणी अस्पतालबाट थप उपचारको लागि एनएमसी अस्पतालमा रिफर गरिएको थियो।
त्यहाँ उनीहरूको उपचारको क्रममा मृत्यु भएको डिएसपी थापाले बताए। मृतक दाजुभाइ हुन्।
प्रहरीले जीप र तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।