ललितपुर महानगरपालिकाले भेरोसेल खोपको अभाव भएको भन्दै माघ १४ देखि १७ गतेसम्म ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा खोप (बुस्टर) भेरोसेल लगाउने कार्यक्रम स्थगित गरेको छ।
यसअघि शनिबारबाहेक माघ १४ देखि माघ १७ गते सोमबारसम्म कोभिसिल्ड र भेरोसिलको बुस्टर डोज लगाउने भन्दै महानगरले सूचना प्रकाशित गरेको थियो।
अन्तिम समयमा नेपाल सरकारबाट भेरोसिलको बुस्टर डोज उपलब्ध गराउन नसक्ने जानकारी प्राप्त भएकाले हाललाई भेरोसिलको बुस्टर डोज लगाउन स्थगित गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानारी दिए।
‘दुबैको बुस्टर डोज प्राप्त हुने भनेपछि सूचना प्रकाशित गरेका थियौं, भेरोसिलको बुस्टर उपलब्ध हुन सकेन, बाध्यतावस रोक्नुपर्यो, यसबाट पर्न गएको असुविधाप्रति क्षमा माग्छौं,’ अर्यालले भने।
सरकारसँग यथाशिघ्र भेरोसिलको बुस्टर उपलब्ध गराउन उनले मागसमेत गरे। ‘नेपाल सरकारबाट खोप प्राप्त हुने बित्तिकै लगाउने व्यवस्था गर्छौ, ’ उनले भने।
कोभिसिल्डको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ६० वर्ष माथिकाले वडामा सम्पर्क गरी खोप लगाउनसमेत अनुरोध गरेको छ।