काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले नयाँ आदेश जारी गरेका छन्।
शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी प्रशासनले नयाँ आदेश जारी गरेको हो।
कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को सिफारिस अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासन कार्यालयले नयाँ आदेश जारी गरेका हुन्।
उपत्यकामा यसअघि सबै सवारी साधनलाई जोरबिजोर प्रणालीमा चलाउन आदेश थियो। अहिले सार्वजनिक सवारी साधनको हकमा सो प्रणाली हटाएको छ। ट्याक्सी र निजी सवारी साधनको हकमा भने लागु गरिएको प्रशासन कार्यालयले जनाएको छ।
यस्तै सार्वजनिक सवारी साधनले पनि सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन। यात्रुलाई मास्क अनिवार्य, चालक- सहचालकले फेससिल्ड लगाउनुपर्ने आदेशमा उल्लेख छ।
विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर लगायत शैक्षिक संस्था माघ मसान्तसम्म भौतिक उपस्थितिमा नगराउन भनिएको छ। यसको लागि वैकल्पिक वा अनलाइनबाट पढाइ सञ्चालन गर्न भनिएको छ।
यस्तै जनशक्ति भर्ना परीक्षा, वैदेशिक रोजगारीका परीक्षा, चिकित्सा शिक्षा लगायतका परीक्षा जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ।
काठमाडौं प्रशासनले जारी गरेको आदेश: