पछिल्लो २४ घन्टामा देशभर थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १२ जनामा संक्रमण पुष्टि भएको हो।
तीन हजार ३८७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
दुई हजार २३८ जनाको पिसिआर र एक हजार १ सय ४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै १३ जना कोरोनामुक्त भएका छन्।
अहिले देशभर १२४ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।