सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका क्लिक’ मा प्रस्तुत गरेको छ।
आजको शृंखलामा हामीले जेठ ८ देखि जेठ १४ गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।
काठमाडौंको टुँडिखेलमा आयोजित उभौली कार्यक्रममा सहभागी एक युवती। किराँती समुदायले धुमधामका साथ उभौली मनाएका छन्। तस्बिर : नवीनबाबु गुरुङ /सेतोपाटी
रूकुममा प्रेमिका लिन गएका दलित युवाको सामुहिक हत्या भएको दिनको सम्झनामा काठमाडौंको माइतीघरमा जात व्यवस्थाको विरोधमा प्रस्तुत गरिएको नाटक हेरेर भावविह्वल हुँदै सन्तान गुमाएका आमाहरू। तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी
आठ वर्षअघि सुन्दरी प्रतियोगिता आयोजना गरेर एक युवतीलाई ६ महिनासम्म यौन शोषण गरेको आरोप लागेपछि ग्लोबल भिसा कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौं लैजादै प्रहरी। तस्बिर : नवीन बाबु गुरूङ/ सेतोपाटी
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनले गरेको विरोध कार्यक्रम। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको मेयरमा नव निर्वाचित बालेन शाह र अर्का उम्मेद्वार सुमन सायमी धन्यवाद र्यालीमा एकसाथ सहभागी हुँदै। तस्बिर : नवीन बाबु गुरूङ/सेतोपाटी
काठमाडौं महानगरपालिकाकी नव निर्वाचित उप-मेयर सुनिता डंगोललाई बोकेर विजयी उत्सवमा सहभागी गराउँदै उनका प्रसंसकहरू। तस्बिर : नवीनबाबु गुरूङ/सेतोपटी
ललितपुर महानगरपालिकाका नवनियुक्त मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्य बज्राचार्य। तस्बिरः निशा भण्डारी/सेतोपाटी
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी